
काठमाडौँ- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का तीन सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, जलस्राेत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रीमा कुलमान घिसिङले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्।
गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन्।
प्रकाशित: ३० भदौ २०८२ १२:२५
प्रतिक्रिया