असोज १३ मा सर्‍याे ‘अभिमन्यु : च्याप्टर १’, फूलपातीमा चार फिल्म भिड्दै

हिमाल प्रेस ३० भदौ २०८२ ११:४२
6
SHARES
असोज १३ मा सर्‍याे ‘अभिमन्यु : च्याप्टर १’, फूलपातीमा चार फिल्म भिड्दै

काठमाडौँ- फिल्म ‘अभिमन्युः च्याप्टर १’ फूलपाती अर्थात् असोज १३ मा प्रदर्शन हुने भएको छ। फिल्म निर्माण कम्पनी सेभेन सिजले एक विज्ञप्तिमार्फत असोज १३ मा प्रदर्शन गर्न लागेको बताएको छ।

भदौ २७ मा प्रर्दशन गर्ने भनिएको फिल्म जेनजीको आन्दोलनलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो। अहिले देशमा भएको आमूल परिवर्तनलाई सकारात्मक रुपमा लिँदै फिल्म उद्योगलाई निरन्तर चलायमान र गतिशील बनाउने उद्देश्यले नयाँ मिति सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

फिल्म नेपालमा असोज १३ र हिन्दीमा असोज १६ देखि प्रदर्शन हुनेछ। फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ।

सुशान्त गौतमले निर्देशन गरेको फिल्म शरद महतोको डिओपी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादनमा बनेको छ।

योसँगै अन्य तीन फिल्मले यसअघि नै असोज १३ लाई मिति तोकिसकेका छन्। ती हुन्, ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’। तीनऔटै फिल्म पूर्वनिधारित मितिबाट पछि नहट्ने अडान छ। यसर्थ, असोज १३ मा चार फिल्म भिड्ने पक्का भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast