बाबुरामको घरमा किताबको खरानी [तस्बिरहरू]

हिमाल प्रेस ३० भदौ २०८२ ११:२६
84
SHARES
बाबुरामको घरमा किताबको खरानी [तस्बिरहरू]

काठमाडौँ- जेनजी पुस्ताको आन्दोलनका क्रममा अराजक समूहले आगजनी गर्दा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईको टोखास्थित घर खरानी भएको छ।

घरमा सबैभन्दा धेरै किताब थिए। पुस्तकालयसरहको त्यो घर आगोले जनाएर खरानी पारेको पार्टीका केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले बताए। उनले भने, ‘डा.भट्टराईको घर किताबले भरिएको थियो। अराजक समूहले जलाउँदा ती किताब खरानी भए। अन्य नेताका घरमा पैसा डढेको समाचार आएको छ, डा. भट्टराईको घरमा किताब मात्र। फरक यत्ति हो।’

भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जालविरुद्ध प्रदर्शन गरेका थिए। यस क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास जल्दा बन्डलका बन्डल पैसा जलेका दृश्य सामाजिक सञ्जालमा भाइरल भएका छन्।

डा.भट्टराईले जेनजीले उठाएका मागलाई समर्थन गर्दै भ्रष्टाचार, बेथिति र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिजस्ता मुद्दामा निरन्तर आवाज उठाइरहेका छन्।

प्रकाशित: ३० भदौ २०८२ ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast