सवारी चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि रोकियो

हिमाल प्रेस २९ भदौ २०८२ १५:१४
10
SHARES
सवारी चालक अनुमतिपत्र छपाइ र वितरण अनिश्चितकालका लागि रोकियो

काठमाडौँ- सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि रोकिएको छ।

यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक गरेको सूचनामा अर्को व्यवस्था नहुन्जेलसम्म लाइसेन्स छपाइ र वितरणसहितका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द हुने उल्लेख गरिएको छ।

विभागका अनुसार हालै भएको तोडफोड, आगजनी तथा चोरी, लुटपाटका कारण विभागको संरचना, इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको हो।

यसै कारण सेवाग्राहीलाई प्रदान हुँदै आएको सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्तासम्बन्धी सेवासमेत अवरुद्ध भएको विभागले जनाएको छ।

प्रकाशित: २९ भदौ २०८२ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast