आन्दोलनले अवरुद्ध सार्वजनिक सवारीसाधन देशभर सञ्चालन हुने, दसैँको अग्रिम टिकट बुकिङ कहिले खुल्छ?

हिमाल प्रेस २९ भदौ २०८२ १३:४२
18
SHARES
आन्दोलनले अवरुद्ध सार्वजनिक सवारीसाधन देशभर सञ्चालन हुने, दसैँको अग्रिम टिकट बुकिङ कहिले खुल्छ? काठमाडौँ नयाँ बसपार्क। फाइल तस्बिर

काठमाडौँ- जेनजी प्रदर्शनका कारण अवरुद्ध रहेका सार्वजनिक सवारीसाधनहरू देशभर सञ्चालन गर्ने निर्णय गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सरोकार निकायको बैठकले यस्तो निर्णय गरेको हो।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार एक सातादेखि काठमाडौँसहित विभिन्न स्थानमा रोकिएका सार्वजनिक सवारी साधनलाई तत्काल सञ्चालन गर्ने सहमति भएको छ।

बैठकले ढुवानीका मालवाहक सवारीसाधनलाई पनि सहज बनाउन निर्णय गरेको छ। यसैगरी, दसैँ–तिहार–छठ पर्व नजिकिएकाले घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्न तयारी थालिएको छ।

यसका लागि यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरीलाई समेटेर समिति गठन गरिएको छ।

उक्त समिति छिट्टै बैठक बसेर सरोकार निकायसँग समन्वय गरी अग्रिम टिकट बुकिङ खुला गर्नेछ। यस वर्ष असोज ६ गते घटस्थापना र १६ गते बडादसैँ परेको छ।

प्रकाशित: २९ भदौ २०८२ १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast