यी स्थानमा आज छ बाढीको सम्भावना

हिमाल प्रेस २९ भदौ २०८२ १०:५१
8
SHARES
यी स्थानमा आज छ बाढीको सम्भावना

काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। देशभर साधारणतया बदली रहेको छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ।

आइतबार झापा, मोरङ, सुनसरी, सप्तरी र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।

इलाम, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, ललितपुर, बाँके, बर्दिया, डडेल्धुरा र आसपासका जिल्ला भई बहने केही ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

प्रकाशित: २९ भदौ २०८२ १०:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast