महोत्तरीमा हट्यो निषेधाज्ञा, खुले हाटबजार र कारखाना

हिमाल प्रेस २९ भदौ २०८२ ७:४४
8
SHARES
महोत्तरीमा हट्यो निषेधाज्ञा, खुले हाटबजार र कारखाना

महोत्तरी- जिल्ला प्रशासन कार्यालयले जिल्लामा लगाइएको निषेधाज्ञा फिर्ता गरेसँगै महोत्तरीको जनजीवन आजदेखि सामान्य बनेको छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले निषेधाज्ञा फिर्ता गरिएसँगै आजदेखि जिल्लाको जनजीवन सामान्य बनेको हो ।

स्थानीयको चहलपहल बढेको छ भने हाटबजार, पसल, कलकारखाना, यातायात, शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालय, संघसंस्था, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको छ ।

यसैबीच, जेनजीको आन्दोलनका कारणमा जलेश्वर कारागारबाट भागेका चार सय ७६ कैदीबन्दी अझै फर्किएका छैनन्। गत मंगलबार राति जलेश्वर कारागारबाट ५७६ कैदी फरार भएका थिए । एक सय जना कैदीबन्दी मात्र फर्केर आएका छन् भने ४७६ कैदीबन्दी अझै फरार नै रहेका जेलर अशोक क्षेत्रीले जानकारी दिए ।

बुधबार कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि आज बिहानसम्म चार भारतीयसहित एक सय जना कारागारमा आइसकेका र अझै आउने क्रम जारी रहेको उनले बताए। भागेका कैदीबन्दीलाई सुरक्षाकर्मीले खोजतलास गरिरहेको प्रमुख जिल्ला अधिकारी रिसालले बताए।

प्रकाशित: २९ भदौ २०८२ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast