संसद् विघटनलाई माओवादीले विरोध गरे पनि हरिबोलले भने : यो आवश्यक थियो

हिमाल प्रेस २९ भदौ २०८२ ७:३६
34
SHARES
संसद् विघटनलाई माओवादीले विरोध गरे पनि हरिबोलले भने : यो आवश्यक थियो हरिबोल गजुरेल

काठमाडौँ- नेकपा माओवादी केन्द्रले संसद् विघटनको विरोध गरेको छ। माओवादीले औपचारिकरूपमै संसद् विघटन गर्नु गलत रहेको भन्दै असन्तुष्ट छ। यता माओवादी नेताहरू भने संसद् विघटन सही भएको बताउँदै आएका छन्।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि घुमाउरो तवरले संसद् विघटनलाई समर्थन गरे। उनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई सहयोग गर्ने बताए। पछिल्लो ताका माओवादी उपमहासचिव हरिबोल गजुरेलले संसद् विघटन प्रक्रियागत दृष्टिले त्रुटिपूर्ण भए पनि परिस्थितिलाई निकास दिन आवश्यक कदम भएको बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गजुरेलले संसद् विघटनमा प्रक्रियागत त्रुटि भएपनि परिस्थितिलाई निकास दिन आवश्यक भएको जनताले अनुभव गरिरहेको उल्लेख गरेका हुन् ।

जेनजी आन्दोलन मूलतः सफल भएको गजुरेलको ठहर छ । ‘संसद् विघटनमा प्रक्रियागत त्रुटि भए पनि परिस्थितिलाई निकास दिन यो आवश्यक थियो भन्ने कुरा जनताले अनुभव गरिरहेका छन् । जेनजी आन्दोलन मूलतः सफल भएको छ’ उनले लेखेका छन् ।

देश गम्भीर सङ्कटमा रहेको कठिन समयमा राष्ट्रपति रामचन्द्र पौडेलले देखाउनुभएको अडान र साहसकै कारण आन्दोलन सुरक्षित रूपमा अवतरण हुन सकेको गजुरेलको भनाइ छ । उनले राष्ट्रपति पौडेलप्रति आभार व्यक्त गर्दै धन्यवाद दिनुपर्ने बताएका छन् ।

प्रकाशित: २९ भदौ २०८२ ७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast