कमल थापाको आह्वान : देश नयाँ युगमा गयो, राष्ट्रवादी शक्ति एक बनौँ

हिमाल प्रेस २८ भदौ २०८२ १३:२३
56
SHARES
कमल थापाको आह्वान : देश नयाँ युगमा गयो, राष्ट्रवादी शक्ति एक बनौँ

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जेनजी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

उनले जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीलाई बधाई दिँदै अब भ्रष्टाचारमा लिप्त शासन ढलेर नयाँ युगको प्रारम्भ भएको बताएका छन् ।

‘राजनीतिक जीवनमा आरोहअवरोह आउँछन् । तर, जस्तोसुकै कठिन परिस्थितिमा पनि सिद्धान्तबाट विचलित हुनु हुँदैन,’ थापाले उल्लेख गरेका छन् । उनका अनुसार सुशासन र मौलिक प्रजातन्त्रको जगमा सबल र समृद्ध नेपाल निर्माण गर्नु आजको प्रमुख चुनौती हो ।

नेपालको भूराजनीति, धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा सनातन धर्म, संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्र निर्माण गर्न ‘सम्वर्धनवाद’को औचित्य सधैं जीवन्त रहने उनको भनाइ छ ।

थापाले समयको मागलाई दृष्टिगत गर्दै विगतका कटुता र तीता अनुभवहरू बिर्सेर सबै राष्ट्रवादी शक्तिहरूलाई एउटै प्लेटफर्ममा उभिन आह्वान गरेका छन् । ‘हामी सबै एक भयौँ भने युवाहरूको चाहनाअनुसार भोलिको सबल र समृद्ध नेपाल निर्माण गर्ने शक्ति हामी नै बन्न सक्छौँ,’ उनले भने ।

 

प्रकाशित: २८ भदौ २०८२ १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast