सबै पार्टीमा गम्भीर समीक्षासहित पुनर्संरचनाको महा-अभियान सुरु गरौँ : जनार्दन शर्मा

हिमाल प्रेस २८ भदौ २०८२ ११:२३
24
SHARES
सबै पार्टीमा गम्भीर समीक्षासहित पुनर्संरचनाको महा-अभियान सुरु गरौँ : जनार्दन शर्मा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सबै पार्टीमा अब ‘गम्भीर आत्म समीक्षा’सहित पुनर्गठन र पुनर्संरचनाको महा-अभियान सुरु गर्न आह्वान गरेका छन्।

उनले  संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले अब आन्दोलनको म्यान्डेट र जनअपेक्षा अनुसार गम्भीर आत्म समीक्षासहित पुनर्गठन र पुनर्संरचनाको महाअभियान सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्,’संसद् विघटनसँगै पुराना र नयाँ भनिएका पार्टीहरू पनि विघटनको दिशामा पुगेका छन्। अब आन्दोलनको म्यान्डेट र जनअपेक्षा अनुसार ‘गम्भीर आत्म समीक्षा’सहित पुनर्गठन र पुनर्संरचनाको महा-अभियान सुरु गरौँ।’

प्रकाशित: २८ भदौ २०८२ ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast