कार्की प्रधानमन्त्री बनेको केहीबेरमै भारतको स्वागत

हिमाल प्रेस २८ भदौ २०८२ ६:३५
28
SHARES
कार्की प्रधानमन्त्री बनेको केहीबेरमै भारतको स्वागत प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ- भारतले सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको छ।

राष्ट्रपतिबाट शपथग्रहण सकिएको केही बेरमै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वागत गरेको हो।

यसले नेपालको शान्ति र स्थिरता कायम गर्न मद्दत गर्नेछ भन्नेमा आफूहरू आशावादी रहेको भारतले जनाएको छ।

‘नजिकको छिमेकी, लोकतान्त्रिक साझेदार तथा दीर्घकालीन विकास साझेदारका हैसियतले भारत नेपालसँग दुवै देश र जनताको हित तथा समृद्धिका लागि नजिकबाट सहकार्य गर्न निरन्तर तयार रहनेछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २८ भदौ २०८२ ६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast