
काठमाडौँ- प्रतिनिधिसभाको निर्वाचन २०८२ फागुन २१ गतेका लागि तोकिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति मौजुदा प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति तोकेका हुन्।
२०८९ मंसिर ४ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभा भदौ २७ गते राति ११ बजेदेखि लागू हुने गरी विघटन गरिएको छ। कार्की शुक्रबार नै प्रधानमन्त्रीमा नियुक्ति भएकी थिइन्।
प्रकाशित: २८ भदौ २०८२ ०:१३
प्रतिक्रिया