
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन्। जेनजीको मागअनुसार कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीका रूपमा नेतृत्व गर्ने गरी शुक्रबार साँझ नियुक्ति गरिएको हो।
संविधानको धारा ६१ को उपधारा ४ टेकेर कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको छ। उपधारा ४ मा राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने उल्लेख छ।
प्रधानमन्त्रीमा नियुक्त भएकी कार्की पूर्वप्रधानन्यायाधीश हुन्।
के छ संविधानको धारा ६१ मा?
राष्ट्रपति र उपराष्ट्रपति
६१. राष्ट्रपतिः (१) नेपालमा एक राष्ट्रपति रहनेछ ।
(२) राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ। निजले यस संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ।
(३) राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्नेछ।
(४) संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ।