
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकार गठन भएपछि दुई शक्तिशाली आयोग गठन गरिनेमा आफू दृढ रहेको स्पष्ट पारेका छन्।
महामन्त्री थापाले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै दमन र विध्वंसको विरुद्धमा एउटा आयोग र भ्रष्टाचार विरुद्ध अर्को शक्तिशाली आयोग गठन गर्ने दृढता व्यक्त गरेका हुन्।
‘हामी दमन र विध्वंसविरुद्ध एउटा र भ्रष्टाचारविरुद्ध अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौँ’, उनले लेखेका छन्।
प्रकाशित: २७ भदौ २०८२ १५:५७
प्रतिक्रिया