
काठमाडौँ- नेपाल प्रहरीले गत साेमबार र मंगलबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा जेनजी आन्दोलनका क्रममा घटेका अप्रिय घटनासम्बन्धी सामग्री उपलब्ध गराउन आम सर्वसाधारणलाई अनुराेध गरेको छ।
प्रहरी मुख्यालयले शुक्रबार जारी गरेको सूचनामा आगजनी, लुटपाट र त्रास उत्पन्न गर्ने खालका र अन्य घटनासँग सम्बन्धित तस्बिर, भिडियो वा सामाजिक सञ्जालका लिंकहरू उपलब्ध गराउन आग्रह गरिएको हो।
‘यस्ता सामग्रीहरू तपाईँहरूसँग भए कृपया [email protected] मा पठाई सहयोग गर्नुहोस्,’ प्रहरीद्वारा जारी सूचनामा भनिएको छ।
प्रहरीले पठाइएका सूचनादाताको गोपनीयता पूर्णरूपमा कायम रहने बताएको छ।
प्रकाशित: २७ भदौ २०८२ १६:०१
प्रतिक्रिया