शेखर गोल्छा भन्छन्- निराश भएको छैन, रोजगारी सिर्जना र लगानी गर्न प्रतिवद्ध छौं

हिमाल प्रेस २७ भदौ २०८२ ११:१२
शेखर गोल्छा भन्छन्- निराश भएको छैन, रोजगारी सिर्जना र लगानी गर्न प्रतिवद्ध छौं

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका उद्यमी शेखर गोल्छाले केही व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट आफ्नो परिवार पनि प्रभावित भए पनि आफू निराश वा विचलित नभएको बताएका छन्। तर मुलुकमा सकारात्मक परिवर्तनसँगै नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना हुनुपर्ने बताए।

गोल्छाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना गर्दछु। हामी अझै सशक्त रूपमा रोजगारी सिर्जना र लगानी गर्न प्रतिवद्ध छौं।’

उनले अन्धकारपछि आएको उज्यालोले सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न थप बल मिलोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।

गत सोमबार र मंगलबार ‘जेनजी पुस्ता’ का प्रदर्शनकारीले व्यापारीक भवन, सवारीसाधन, होटललगायतमा आगो लगाएपछि अर्बौं रुपैयाँको क्षति भएको छ।

यस्तो छ उनको भनाइ

देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् । केहि व्यवसायी माथि भएको वीभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन । आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामना सहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिवद्ध रहेको विश्वास दिलाउन चाहन्छु ।
अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस्

प्रकाशित: २७ भदौ २०८२ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast