उपेन्द्र भन्छन् – संसद विघटन र संविधानको खोरेजी मुलुकको हितमा छैन

हिमाल प्रेस २७ भदौ २०८२ १०:५०
उपेन्द्र भन्छन् – संसद विघटन र संविधानको खोरेजी मुलुकको हितमा छैन उपेन्द्र यादव।

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संसदको विघटन र संविधानको खारेजी मुलुकको हितमा नहुने बताएका छन्।

अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सिफारिस गर्ने निर्णयको स्वागत गर्दै यादवले यस्तो बताएका हुन्।

संविधान पुनर्लेखन गरी परिमार्जन गर्न संविधान र संसदलाई कायमै राख्नुपर्ने उनको भनाइ छ।

‘वर्तमान संविधानलाई संशोधन र पुनर्लेखन गरी परिमार्जन गरी संविधान र संसदलाई कायमै राख्नु पर्दछ। संसद विघटन र संविधानको खारेजी मुलुकको हितमा हुनसक्दैन,’ अध्यक्ष यादवले सामाजिक सञ्जालमा लेखेका छन्,‘अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई सिफारिस गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको छ।’

प्रकाशित: २७ भदौ २०८२ १०:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast