जेनजी युवाबाट अन्तरिम सरकार प्रमुख सुशीला कार्की सिफारिस हुनु अत्यन्त सकारात्मक : पूर्वप्रधानमन्त्री भट्टराई

हिमाल प्रेस २७ भदौ २०८२ ९:२६
जेनजी युवाबाट अन्तरिम सरकार प्रमुख सुशीला कार्की सिफारिस हुनु अत्यन्त सकारात्मक : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रस्तावित अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई समर्थन गरेका छन्। आज बिहान विज्ञप्ति जारी गरेर पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकारको रूपमा जेनजी युवाबाट सिफारिस हुनु अत्यन्त सकारात्मक र सही रहेको भट्टराईले जनाएका हुन्।

अब कार्कीलाई संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटोभन्दा छिटो अन्त्य गरिनुपर्ने भट्टराईको भनाइ छ। त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविदहरू र जानकारहरुको सल्लाहमा निर्णय गर्न उपयुक्त हुने भट्टराईले बताएका छन्।

अहिलेको सन्दर्भ र २०६९ सालमा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गरिएको नजर मेल नखाने पनि उनले बताएका छन्। ‘त्यतिबेला विद्यमान अन्तरिम संविधान २०६३ मा राजनीतिक सहमतिका आधारमा कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा माओवादीबीचको सहमति बुझ्नुपर्छ भनेर स्पष्टीकरण समेत त्यहीँ राखिएको थियो,’ डा.भट्टराईले भनेका छन्,‘तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन। यसबारे जेनजीले धेरै संवेदनशील भएर सोच्नुपर्छ।’

अहिलेको आन्दोलन भन्दा पनि ठूलो बलिदानपूर्ण आन्दोलनको बलमा संविधानसभाबाट बनेको नेपाली इतिहासको पहिलो संविधान हुनाले यसको जगमा टेकेर नै अघि बढ्नु जेन जीको दीर्घकालीन हितमा हुने पनि भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast