नुवाकोटमा शान्तिसुरक्षा सामान्य

हिमाल प्रेस २७ भदौ २०८२ ७:१५
नुवाकोटमा शान्तिसुरक्षा सामान्य फाइल तस्बिर।

नुवाकोट- नुवाकोटमा अवस्था सामान्य हुँदै गएको छ। जेनजी समूहको प्रदर्शनका कारण गत सोमबारदेखि भइरहेको विरोध तथा आगजनीबाट अशान्त भएको जिल्लाको अवस्था अहिले शान्तिपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए। उनका अनुसार अहिलेको विषम परिस्थितिको फाइदा उठाउँदै हुनसक्ने अराजक गतिविधि रोक्न निषेधाज्ञा भने जारी राखिएको छ।

प्रजिअ घिमिरेका अनुसार नेपाली सेनासहितको सुरक्षाकर्मीबाट जिल्लाको शान्ति, सुरक्षाको भरपर्दो प्रत्याभूति उपलब्ध गराइ अवस्था सामान्य बनेको छ। नियमित रुपमा पेसा व्यावसाय सञ्चालन, आवतजावतसहित आमनागरिकको दैनिक जनजीवन पूर्ववत अवस्थामा फर्किएको छ।

जिल्लामा जारी रहेको निषेधाज्ञाको समयमा बिना उद्देश्यले पाँच जनाभन्दा बढीको समूहमा भेला हुन, आवातजावत गर्न भने रोक लगाइएको छ। रातको समयमा कर्फ्यु लगाइने हुँदा उक्त समयमा आवतजावत गर्नैपर्ने अवस्था आएमा सुरक्षाकर्मीसँग समन्वय गर्न भनिएको छ।

जेनजी समूहको विरोध प्रदर्शनका क्रममा जिल्लामा रहेका राजनीतिक दलका पार्टी कार्यालय, दलका नेताका घरमा आगजनीसहितको विरोध प्रदर्शनले सुरक्षाको अवस्था कमजोर भए पनि अहिले सामान्य हुँदै आएको छ।

विशेषगरी अहिलेको विषम परिस्थितिको मौका छोपी चोरी, डकैती, लुटपाटलगायत अवाञ्छित गतिविधि हुनसक्ने भएकाले आम नागरिकलाई पनि सजग र सचेत भएर शान्ति सुरक्षा कायम गर्नका लागि सेनाले अपिल गरेको छ।

प्रकाशित: २७ भदौ २०८२ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast