काठमाडौँमा लम्बियो कर्फ्यु

हिमाल प्रेस २६ भदौ २०८२ २०:५७
काठमाडौँमा लम्बियो कर्फ्यु जंगी अड्डा

काठमाडौँ – काठमाडौँ उपत्यकामा निषधाज्ञा तथा कर्फ्युको समय लम्बिएको छ। नेपाली सेनाले काठमाडौँ, ललितपुर र भक्तपुरमा कर्फ्युको समय थपेको हो।

उपत्यकामा भदौ २८ गते बिहान ६ बजेसम्म निषेधाज्ञा तथा कर्फ्युको समय थपिएको सेनाले जनाएको छ।

सेनाले जनाएअनुसार भदौ २७ गते बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म र बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको सेनाले जनाएको छ।

त्यस्तै सेनाले अत्यावश्यक कार्यका लागि आवतजावत गर्ने समय पनि तोकेको छ। यसका लागि भदौ २७ गते बिहान ६ बजेदेखि बिहान ११ बजे र भदौ २७ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म तोकिएको हो।

पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको सेनाले जनाएको छ।

प्रकाशित: २६ भदौ २०८२ २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast