लयमा फर्कने प्रयास (तस्बिरहरू)

हिमाल प्रेस २६ भदौ २०८२ १८:४८
लयमा फर्कने प्रयास (तस्बिरहरू) जेनजी आन्दोलनका क्रममा ढालिदिएको दाङको घोराही उपमहानगरपालिका-१५ स्थित दामोदर चोकको प्रहरी बिट व्यवस्थापन गर्दै नेपाल प्रहरी। तस्बिर : कुलदीप न्यौपाने/ रासस

काठमाडौँ– जेनजीको आन्दोलनबाट अस्तव्यस्त बनेको मुलुक विस्तारै लयमा फर्कने प्रयास गरिरहेको छ। आगजनीमा कारण फोहोर भएका सडकहरु सरसफाइ भइरहेको छ। आन्दोलन मत्थर भएसँगै प्रहरीहरू पनि आफ्नो नियमित कर्ममा फर्कने प्रयासमा छन्।

आन्दोलनकारीबाट ढालिएका बिटहरुको व्यवस्थापन गरिरहेका छन्। स्थानीयवासी, युवाहरुले पनि सरसफाइमा साथ दिएका छन्।

जेनजी आन्दोलनका क्रममा ढालिदिएको दाङको घोराही उपमहानगरपालिका-१५ स्थित दामोदर चोकको प्रहरी बिट बिहीबार बिहान व्यवस्थापन गर्दै नेपाल प्रहरी। तस्बिर : कुलदीप न्यौपाने/ रासस
काठमाडौँको तारकेश्वर नगरपालिका-१० मनमैजु लोकतान्त्रिक चोक सडकमा बिहान पानी परेको समयमा छाता ओढेर आफ्नो गन्तव्य जाँदै गरेको सर्वसाधारण। तस्बिर : हरिराम भेटुवाल / रासस
काठमाडौँ बालजुकाे माछापोखरीस्थित चक्रपथ सडकमा बिहीबार अपराह्न ५ बजेपछि देखिएको चहलपहल। तस्बिर : हरिराम भेटुवाल/ रासस
जेनजीको आन्दोलनले आगजनीमा परेको बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका ध्वस्त भएका भौतिक सामाग्रीहरुलाई सरसफाइ गरिँदै। तस्बिरः रुपनी जि एम / रासस
काठमाडौँमा सरसफाइ गरिँदै।
उच्च अदालत पोखराअगाडि गरिएको सरसफाइ।

 

प्रकाशित: २६ भदौ २०८२ १८:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast