संवैधानिक मार्गमार्फत शान्तिपूर्ण निकास निकाल्नुपर्छ : शशांक

हिमाल प्रेस २६ भदौ २०८२ १८:२९
संवैधानिक मार्गमार्फत शान्तिपूर्ण निकास निकाल्नुपर्छ : शशांक

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले संवैधानिक मार्गमार्फत शान्तिपूर्ण निकास निकाल्नुपर्नेमा जोड दिएका छन्।

उनले देशभित्रका सबै पक्षबीच सहमति, सहकार्य र एकता कायम गरी संवैधानिक मार्गद्वारा शान्तिपूर्ण समाधान निकाल्नु आजको आवश्यकता रहेको बताएका हुन्।

कोइरालाले यसका लागि जेनजी युवाहरूको पूर्ण सकारात्मक भूमिका रहने विश्वास व्यक्त गरेका छन्। उनले संवैधानिक समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेलले गरिरहेको पहलको प्रशंसा गरेका छन्।

‘करिब ६५ वर्ष लामो राजनीतिक संघर्ष, त्याग, तपस्या र बलिदानको परिणामस्वरूप नेपालमा पहिलोपटक जननिर्वाचित संविधानसभाबाट निर्मित संविधानअनुसार आगामी राजनीतिक यात्रा तय गर्न अपिल गर्दछु,’ कोइरालाले विज्ञप्ति निकालेर भनेका छन्,‘संवैधानिक समाधानका लागि सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलेज्यूको पहल सराहनीय छ।’

राष्ट्रपति पौडेलले गरेको पहलमा सबैको साथ र समर्थन रहनेमा उनले विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २६ भदौ २०८२ १८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast