
काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले बिहीबार प्रेस विज्ञप्ति जारी गरी ‘जेनजी’को आन्दोलनपछि प्रधानमन्त्रीले दिएको राजीनामा स्वीकृत भइसकेको र संविधानबमोजिम गठित राष्ट्रपति एवं जननिर्वाचिन संस्थाहरू कायमै रहेको अवस्थामा आन्दोलनरत पक्षको माग र चाहनालाई समेत अभिव्यक्त गर्ने गरी संविधानिक व्यवस्थाबमोजिम मुलुकलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिएकी हुन्।
उनले जेनजी आन्दोलनमा भएको मानवीय क्षति र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा के कसरी हिंसात्मक गतिविधि भए भन्ने समीक्षा गर्न पनि आग्रह गरेकी छन्।
प्रकाशित: २६ भदौ २०८२ १७:०८
प्रतिक्रिया