
काठमाडाैँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिनिधिसभा सदस्य चुनाव लडेका सागर ढकाल जेनजी पुस्तामाझ मध्यस्थताको भूमिका निर्वाह गर्ने भन्दै काठमाडाैँ आएका छन्। उनले आज डडेलधुराबाट काठमाडौँ आइपुगेको बताएका हुन्।
उनले फेसबुक स्टाटसमा भनेका छन्,´प्रीय जेनि जी, नमस्ते। डडेल्धुराबाट काठमाडौँ आइपुगेको छु। हजुरहरुलाई सकेको सहयोग गर्ने छु। हामीले विश्व इतिहास बनाएका छौँ, यो इतिहास सामान्य होइन। कुनै पनि पदको लागि नभएर हजुरहरुको पछि बसेर समन्वय तथा मध्यस्थताको भुमिका निभाउन तयार छु।`
गत सोमबार र मंगलबार देशभर आन्दोलन गरि सत्ताकब्जा गरेका जेनजी पुस्ताले अहिले अन्तरिम सरकार नेतृत्वका लागि तयारी गरिरहेका छन्। ढकालले बुधबार आफू अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको बताएका थिए।
विभिन्न समूहमा जेनजी पुस्ताले हाल पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कुलमान घिसिङ, हर्क साम्पाङलगायतको नाम प्रस्ताव गरेका छन्।