बाढीले बगायो रेस्टुरेन्ट

हिमाल प्रेस २६ भदौ २०८२ १३:२१
बाढीले बगायो रेस्टुरेन्ट

म्याग्दी- जिल्लाको बेनी नगरपालिका-४ सिङ्गा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान आएको बाढीले एक रेस्टुरेन्ट पुरिएको छ । दुईवटा घर, सामुदायिक भवन र मन्दिरमा बाढी पसेर क्षति भएको छ।

प्रेम श्रीसले सञ्चालन गरेको श्रीस होटल बाढीले पूर्ण रूपमा पुरिएको बेनी-४ का वडाअध्यक्ष अणबहादुर खड्काले जानकारी दिए । उनका अनुसार स्थानीय मनकुमारी कार्की र सोविता कार्कीको घरभित्र बाढी पसेको छ ।

तातोपानी कृषि सहकारी संस्था र भगवती मन्दिरभित्र बाढी पसेको छ। बाढीले मङ्गाला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी-दरवाङ सडक अवरुद्ध बनाएको खड्काले जानकारी दिए ।

घरभित्र रहेका स्थानीय बाढी आउन थालेपछि भागेर ज्यान जोगाएका छन् । अहिले जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय डोजरको सहायतामा बाढी नियन्त्रणमा जुटेका छन् । बेनी नगरपालिका र पूर्वाधार विकास कार्यालयले दुईवटा डोजर परिचालन गरेका छन् ।

स्थानीयवासीले सामुदायिक भवन र मन्दिरभित्र पसेको बाढी पन्छाउन श्रमदान गरेका छन् । एक सय ३० थान ग्याबियन जाली लगाउन थालिएको छ । तटबन्धका लागि बुधबार साँझ त्यहाँ लगेर राखिएको ग्याबियन जाली पनि बाढीले पुरेको छ ।

प्रकाशित: २६ भदौ २०८२ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast