मोरङमा आज दिनभर निषेधाज्ञा

हिमाल प्रेस २६ भदौ २०८२ ११:२६
मोरङमा आज दिनभर निषेधाज्ञा

विराटनगर- शान्ति सुरक्षाको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय मोरङले आज दिनभरि जिल्लामा निषेधाज्ञा आदेश भएको सूचना जारी गरेको छ ।

आदेशमा आज बेलुका ६ः०० बजेदेखि शुक्रबार बिहान ६ः०० बजेसम्म कफ्र्यु आदेश निरन्तर रहेको जनाइएको छ । मोरङमा यही भदौ २४ गदेदखि नै निषेधाज्ञा र पछि कफ्र्यु आदेश जारी गर्दै आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

पछिल्लो समयमा मोरङमा थप कुनै अप्रिय घटना नभएको प्रजीअ यादवले जानकारी दिए । शान्ति सुरक्षाका लागि नेपाली सेनाले सडक तथा टोलटोलमा गस्ती गरिरहेका छन् ।

प्रकाशित: २६ भदौ २०८२ ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast