अन्तरिम सरकार निर्माणबारे सेना र जेनजीको छलफल आज पनि चल्ने

हिमाल प्रेस २६ भदौ २०८२ ८:०२
अन्तरिम सरकार निर्माणबारे सेना र जेनजीको छलफल आज पनि चल्ने

काठमाडौँ- जेनजी समूह र नेपाली सेनाबीच अन्तरिम सरकार निर्माणबारे आज पनि वार्ता हुँदैछ।

बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन ।

नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो । जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो गर्ने भनिएको वार्ता आजको लागि सारिएको थियो ।

जेनजीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेको छ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई आफ्नो समर्थन रहेको बताएका छन् ।

प्रकाशित: २६ भदौ २०८२ ८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast