पोखरा : आगजनीमा दुई जना महिलाको मृत्यु

हिमाल प्रेस २५ भदौ २०८२ १९:०९ | Wednesday, September 10, 2025
पोखरा : आगजनीमा दुई जना महिलाको मृत्यु

पोखरा- जेनजी आन्दोलनका क्रममा पोखरामा आगलागीमा परेर दुई जना महिलाको मृत्यु भएको छ।

पोखरा-९, नयाँबजारस्थित व्यवसायी ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको हो। नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाका सहोदर भाइ हुन्।

प्रदर्शनकारीले मन्त्री थापा र उनका भाइको घरमा आगजनी गरेका थिए। ध्रुव थापाको घर भाडामा लिएर अटो शोरूम सञ्चालित थियो।

यसै गरी लेकसाइडस्थित शंशुभारा भवनमा आगजनीमा अर्की महिलाको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलीले जानकारी दिएका छन्।

यसैबीच, बुधबार दिउँसो पोखराको गैह्रापाटनमा एक बालकमाथि गोली लागेको छ। गोली लागेर घाइते हुनेमा १४ वर्षीय बालक हुन्। उनलाई असावधानीवश गोली लागेको प्रहरीले जनाएको छ।

मंगलबार राति भाटभटेनी सुपरमार्केटमा पनि आगजनी गरिएको थियो। आगलागीको घटनामा मानवीय क्षति भएको आशंका गरिएपछि प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेका छन्।

प्रकाशित: २५ भदौ २०८२ १९:०९ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast