सागर ढकालले जेन्जीसँग भने- म नेतृत्व लिन तयार छु

हिमाल प्रेस २५ भदौ २०८२ १६:२६
सागर ढकालले जेन्जीसँग भने- म नेतृत्व लिन तयार छु सागर ढकाल

काठमाडौँ– सागर ढकालले जेन्जीका तर्फबाट आफू सरकारको नेतृत्वमा जान तयार रहेको बताएका छन्। डिस्कोर्डमा बुधबार जारी भर्चुअल छलफल सहभागी भएका उनले जेन्जी पुस्ताका तर्फबाट कोही अघि नसरेमा आफू तयार रहेको बताएका हुन्।

उनले भने, ‘म त ८४ को चुनावका लागि सुदूरपश्चिममा छु। साथीहरूले आश्चर्यजनक रूपमा आन्दोलन गरेर परिवर्तनको बाटो देखाउनुभयो।’ उनले सकेसम्म जेन्जी पुस्ताका तर्फबाटै नेतृत्व लिनुपर्ने बताए। ढकालले भने, ‘साथीहरू कोही तयार नभएमा म नेतृत्व लिन तयार छु।’

उनले अबको ३० वर्षमा नेपालको कायापलट गर्ने गरी काम गर्ने बताए।  हाइड्रोपावर इन्जिनियर ढकाल २०७९ को संघीय प्रतिनिधिसभा चुनावमा डडेल्धुराबाट शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरी पराजित भएका थिए।  डिस्कोर्ड बैठकमा जारी छलफलअनुसार अब कसलाई नेतृत्व पठाउने भन्नेबारेमा सहमति जुट्न सकेको छैन। भर्चुअल छलफलमा झन्डै  नौ हजार जेन्जी सहभागी छन्।

प्रकाशित: २५ भदौ २०८२ १६:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast