प्रचण्डकी छोरी गंगाको घरमा फेला परेको शवको सनाखत

हिमाल प्रेस २५ भदौ २०८२ १५:२८
प्रचण्डकी छोरी गंगाको घरमा फेला परेको शवको सनाखत प्रतीकात्मक तस्बिर।

काठमाडौँ- नेकपा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा भेटिएको शवको पहिचान खुलेको छ।

ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगाको घरबाट मंगलबार जलेको अवस्थामा शव भेटिएको हो।

ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले स्थानीय २५ वर्षीय सुरज खत्री भन्ने व्यक्तिको शव रहेको जानकारी दिएका छन्।

‘घरभित्र जलेको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ,’ अधिकारीले भने,‘सुनाकोठीकै २५ वर्षीय सुरज खत्रीको रुपमा शवको पहिचान भएको हो।’

उनले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताए। शव आगजनी गर्ने व्यक्तिमध्येकै हुन सक्ने अनुमान गरिए पनि अहिले नै पुष्टि गर्ने अवस्था नरहेको उनको भनाइ छ।

जेनजी प्रदर्शनका क्रममा युवाहरूले मंगलबार गंगाको घरमा आगजनी गरेका थिए। आगजानीका कारण घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।

प्रकाशित: २५ भदौ २०८२ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast