हिंसात्मक प्रदर्शनपछि काठमाडौँमा सफाइ अभियान सुरु, जनजीवन सामान्य बन्दै

हिमाल प्रेस २५ भदौ २०८२ १२:२४
हिंसात्मक प्रदर्शनपछि काठमाडौँमा सफाइ अभियान सुरु, जनजीवन सामान्य बन्दै

काठमाडौँ- केही दिनदेखिको हिंसात्मक प्रदर्शनपछि अस्तव्यस्त बनेको काठमाडौँ सहरलाई सफा गर्न थालिएको छ। प्रदर्शनपछि सडकमा फैलिएको फोहोर र क्षतिग्रस्त सामग्री हटाउन स्थानीय बासिन्दा र आन्दोलनरत युवा स्वयं सडकमा उत्रिएका छन्।

उनीहरूले चर्किएको सडक, जलेका टायर र विभिन्न अवशेष हटाउँदै सहरलाई सामान्य अवस्थामा फर्काउने प्रयास गरिरहेका छन्।

सुरक्षा अवस्था नियन्त्रणमा लिन मंगलबार राति १० बजेपछि नेपाली सेना परिचालन गरिएको थियो। सेनाको उपस्थितिसँगै उपत्यकाको जनजीवन क्रमशः सामान्य हुँदै गएको छ।

नेपाली सेनासहित सशस्त्र प्रहरी र नेपाल प्रहरी देशभर शान्तिसुरक्षा कायम गर्न तैनाथ छन्। काठमाडौँ उपत्यकाका प्रमुख स्थानहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ।

यिनले सार्वजनिक र निजी सम्पत्तिमा प्रदर्शनकारीले लगाएको आगो निभाउने, अवरोध हटाउने र सुरक्षा व्यवस्था कडा पार्ने कार्यमा सक्रियता देखाइरहेका छन्।

सुरक्षाकर्मीको सक्रियता र सर्वसाधारणको सहयोगले स्थिति सहज बन्दै गएको देखिएको छ। स्थानीय प्रशासनले नागरिकहरूलाई शान्ति र संयम अपनाउन आह्वान गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast