आवश्यक कामबिनै बाहिर ननिस्कन सेनाको आग्रह

हिमाल प्रेस २५ भदौ २०८२ ७:४७
आवश्यक कामबिनै बाहिर ननिस्कन सेनाको आग्रह

काठमाडौँ- काठमाडौँका सडकहरूमा नेपाली सेनाले गस्ती तीव्र बनाएको छ। मंगलबार सम्पन्न जेनजी आन्दोलनका क्रममा सार्वजनिक संरचनामा भएको क्षतिपछि राति १० बजेदेखि सेना र अन्य सुरक्षा निकायहरू सक्रिय रूपमा परिचालित भएका हुन्।

सैनिक टोलीहरूले घर र गल्लीबाहिर निस्किएका नागरिकलाई आवश्यक कामबिनै बाहिर ननिस्कन आग्रह गर्दै घर फर्काइरहेका छन्। यद्यपि, आकस्मिक सेवामा खटिएका व्यक्तिहरूलाई परिचयपत्र जाँचपछि आवतजावतको अनुमति दिइएको छ।

प्रदर्शनकारीहरूले आगो लगाएको संसद् भवन क्षेत्रमा सर्वसाधारणको प्रवेशमा सेनाले रोक लगाएको छ। त्यस्तै, अन्य सरकारी तथा संवैधानिक निकायहरूमा पनि सेना र सुरक्षा निकायहरूको उपस्थिति बढाइएको छ।

प्रकाशित: २५ भदौ २०८२ ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast