कास्की कारागारका ७७३ कैदीबन्दी भगाइयो

हिमाल प्रेस २४ भदौ २०८२ २०:०६
38
SHARES
कास्की कारागारका ७७३ कैदीबन्दी भगाइयो पोखराको सहिदचोक क्षेत्रमा आफ्ना सामानसहित भागेका कैदीबन्दीहरु।

पोखरा- जिल्ला कारागार कास्कीका कैदीबन्दीहरुलाई भगाइएको छ। ७७३ जना कैदीबन्दी रहेको कास्की कारागारबाट जेनजी प्रदर्शनकारीहरुको सहयोगमा मंगलबार राति करिब साढे ७ बजे भगाइएको हो।

कारागार प्रमुख जेलर राजेन्द्र शर्माले भने, ‘प्रदर्शनकारीहरू आएर भगाए, हाम्रो केही लागेन। कारागार रित्तै गराएर लगे।’ उनका अनुसार कारागारमा ७ सय ७३ जनामध्ये हाल ३५ जना महिला, २ जना बालक र बाँकी पुरुष थिए।

दिउँसो नै प्रदर्शनकारीहरुले कैदीबन्दी छुटाउने सूचना थियो। जसका कारण त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको थियो।

तर, रातिको समय पारेर जेनजीको सहयोगमा कैदीबन्दी कारागार तोडेर भाग्न सफल भएका हुन्।

प्रकाशित: २४ भदौ २०८२ २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast