जेनजीहरूलाई संयमित हुन रवि लामिछानेको अपिल

हिमाल प्रेस २४ भदौ २०८२ १९:२४
42
SHARES
जेनजीहरूलाई संयमित हुन रवि लामिछानेको अपिल

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब संयमित हुन जेनजीहरूलाई अपिल गरेका छन्। लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले फेसबुकमार्फत् उनको अपिल सार्वजनिक गरेकी हुन्।

‘हामीले अब अत्यन्त संयमित भई राष्ट्रका सम्पत्तिहरु जोगाउन जरुरी छ। राष्ट्रिय सुरक्षासँग सरोकार राख्ने प्रहरी, सुरक्षा निकाय, न्यायलय लगायतका दस्तावेजहरू राष्ट्रका महत्त्वपूर्ण सम्पत्ति हुन, तिनको संरक्षण गर्न सकिएन भने मुलुकको संवेदनशील दस्ताबेजहरू नाश हुन सक्छन्, जुन तपाईं हाम्रा लागि र यो देशका लागि अत्यन्त क्षतिपूर्ण हुन सक्छन्,’ उनले भनेका छन्।

उनले भ्रष्टाचार गरेर जोडिएका सम्पत्तिहरू पूर्णरूपमा राष्ट्रियकरण गर्नुपर्ने र कानुनी दायरामा ल्याउनुपर्ने पनि बताएका छन्।

‘सरकारी सम्पत्तिहरु क्षति हुँदा राष्ट्रकै सम्पतिको क्षति हुने हुँदा यसको संरक्षण गर्ने जिम्मेवारी पनि हाम्रै हो। यो आन्दोलन विशुद्ध जेन जीको हो,’ उनले भनेका छन्, ‘मुलुकको अबको नेतृत्व जेनजीकै मागअनुसार र जेनजीकै परिकल्पना अनुरुप अघि बढ्नुपर्छ भन्ने कुरामा म स्पष्ट छु। र, म सदैव नागरिक सर्वोच्चताको पक्षमा छु।’

साथै उनले आम नागरिकको दबाबपछि सरकारले मेरो रिहाइको लागि कानुनबमोजिमको प्रकिया पूरा गरी पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सीधै आम नागरिक सामु आउन पाएको बताएका छन्। यसका बाबजुद पनि मुलुकको कानुन प्रति बफादार हुँदै भविष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको पनि जानकारी गराएका छन्।

उनले आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

प्रकाशित: २४ भदौ २०८२ १९:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast