संयमित बन्न सेनाको अनुरोध

हिमाल प्रेस २४ भदौ २०८२ १८:०६
50
SHARES
संयमित बन्न सेनाको अनुरोध

काठमाडौँ- नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन संयमित बन्न युवा शक्तिलाई अनुरोध गरेको छ। सेनाले मंगलबार साँझ विज्ञप्ति निकालेर यस्तो अनुरोध गरेको हो।

पछिल्लो समय विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको रक्षा गर्न प्रतिबद्ध रहेको सेनाले जनाएको छ।

‘…नेपाली सेनाले हाल विकसित अवस्थालाई मध्यनजर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘यस विषम परिस्थितिमा देशको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो। तसर्थ, विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन नेपाली सेना सम्पूर्ण युवा जनशक्ति र देशवासीमा अनुरोध गर्दछ।’

प्रकाशित: २४ भदौ २०८२ १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast