सीके राउतले दिए सांसद पदबाट राजीनामा

हिमाल प्रेस २४ भदौ २०८२ १७:४२
16
SHARES
सीके राउतले दिए सांसद पदबाट राजीनामा फाइल तस्बिर

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभाका अध्यक्ष देवराज घिमिरेलाई पत्र पठाएर उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

अध्यक्ष राउत बाहिर रहेका कारण इमेलमार्फत् राजीनामा दिइएको उनको सचिवालयले जनाएको छ ।

देशको वर्तमान आन्दोलन र अवस्थालाई ‘नौलो गणतन्त्र’ले मात्र सम्बोधन गर्न सक्ने आस्थाका साथ आफूले पदबाट राजीनामा दिएको राउतले राजीनामा पत्रमा लेखेका छन् ।

‘पटक–पटक मन्त्री र उपप्रधानमन्त्री बन्ने अवसर आउँदा पनि आफूले पदको लालच नराखेको र जनतासँग उभिएको र जनतासँगै उभिने स्मरण समेत गराउन चाहन्छु,’ उनले राजीनामा पत्रमा भनेका छन्, ‘ममाथि आस्था र विश्वास राख्ने जनतालाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’

 

प्रकाशित: २४ भदौ २०८२ १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast