
काठमाडौँ- जेनजी आन्दोलनले मंगलबार एक विज्ञप्ति जारी गरी अब संयम र धैर्यसाथ अघि बढ्न अनुरोध गरेको छ।
मंगलबार अपराह्न एक विज्ञप्तिमार्फत संयम र धैर्यका साथ अघि बढ्न अनुरोध गरेको छ।
‘नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको छ। त्यसैले हामी संयम र धैर्यका साथ अघि बढौं। हाम्रो न्युनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानू हो। यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको नेपाल बनाउन सक्छौं,’ आन्दोलनले भनेको छ।
आन्दोलनले सरकारले घुँडा टेकिसकेकाले नयाँ राजनीतिक निकासको बाटो खुलेको पनि बताएको छ।
जेनजी आन्दोलनको क्रममा सोमबार १९ जना र मंगलबार थप दुई जनाको मृत्यु भएको छ।
प्रकाशित: २४ भदौ २०८२ १७:१०
प्रतिक्रिया