जेनजी प्रदर्शनकारीद्वारा कास्कीका सरकारी कार्यालयहरूमा आगजनी

हिमाल प्रेस २४ भदौ २०८२ १६:०३
12
SHARES
जेनजी प्रदर्शनकारीद्वारा कास्कीका सरकारी कार्यालयहरूमा आगजनी पोखरा महानगरपालिका वडा नम्बर ५ को कार्यालय भवनमा जेनजी प्रदर्शनकारीले गरेको आगजनी। तस्बिर : विजय नेपाल/ हिमालप्रेस

पोखरा- जेनजी आन्दोलन चर्किँदै जाँदा कास्की जिल्लामा प्रदर्शनकारीहरूले एकपछि अर्को गर्दै प्रमुख सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका छन्।

प्रदर्शनकारीहरूले आज बिहानैदेखि कास्कीका विभिन्न स्थानमा आक्रमक प्रदर्शन गर्दै सिडियो कार्यालय, जिल्ला अदालत, प्रदेश नीति तथा योजना आयोगको कार्यालय र मालपोत कार्यालयमा आगजनी गरेका हुन्।

सिडियो कार्यालय परिसरमा रहेका सवारी साधन र कागजातमा आगो लगाइएको छ। त्यस्तै, जिल्ला अदालत कास्कीको मुख्य प्रवेशद्वार तोडफोड गरिएको छ भने आन्तरिक कागजातहरू जलेर नष्ट भएको प्रारम्भिक जानकारी आएको छ।

यतिबेला पोखरा आसपासका सरकारी कार्यालयहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरी र सेनाको संयुक्त टोली परिचालन गरिएको छ।

स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन आंशिक कर्फ्यु आदेश जारी गर्ने तयारी गरेको जनाइएको छ। घटनाले प्रशासनिक सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रकाशित: २४ भदौ २०८२ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast