
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजीसँग वार्ताअघि संसद् विघटन हुनुपर्ने शर्त अघि सारेका छन्। उनले सामाजिक सन्जालमार्फत जेनजीहरूलाई नेपाली सेनाको प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् । ‘सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला,’ उनले भनेका छन् ।
त्यस्तै, बालेनले सेनासँग वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्ने पनि बताएका छन् । ‘याद रहोस् -वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ,’ बालेनले भनेका छन् ।
प्रकाशित: २४ भदौ २०८२ १५:३६
प्रतिक्रिया