ज्यानको सुरक्षा सुनिश्चित हुने सर्तमा ओलीले दिएका थिए राजीनामा

हिमाल प्रेस २४ भदौ २०८२ १५:२५
284
SHARES
ज्यानको सुरक्षा सुनिश्चित हुने सर्तमा ओलीले दिएका थिए राजीनामा एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ- केपी शर्मा ओलीले आफ्नो सुरक्षा सुनिश्चित हुने सर्तमा प्रधानमन्त्री पदबाट राजीनामा दिएको पाइएको छ। राजधानीलगायत देशका प्रमुख सहरहरूमा सरकार विरोधी आन्दोलन बढ्दै गएपछि ओलीमाथि राजीनामा दिन दबाब बढेको थियो। तर उनले मंगलबार साँझ सर्वदलीय बैठक डाकेका थिए।

यसबीचमा ओलीलाई देशका प्रमुख सुरक्षा निकायका अधिकारीहरूले आन्दोलनको पछिल्लो अवस्थाबारे ‘ब्रिफिङ’ गरेका थिए। ओलीले पदबाट राजीनामा दिनुपर्ने उनीहरूको सुझाव थियो। यद्यपि ओली राजीनामा दिने पक्षमा थिएनन्।

‘सुरक्षा निकायका प्रमुखहरूले नै सुरक्षा दिन नसक्ने बताएपछि मात्र प्रधानमन्त्रीज्यू राजीनामा दिन राजी हुनुभएको हो’, प्रधानमन्त्री ओली निकट एक अधिकारीले भने। ओलीलाई प्रधानसेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहितले राजीनामा दिन आग्रह गरेका थिए।

‘प्रधानमन्त्रीज्यूले सुरक्षा अधिकारीसँग आफ्नो शरीरको सुरक्षाको ग्यारेन्टी गर्दै राजीनामा दिनुभएको हो’, एक सुरक्षा अधिकारीले भने।

प्रकाशित: २४ भदौ २०८२ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast