
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको घरमा पनि जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन्।
काठमाडौँको टोखास्थित हार्माेनी हाउजिङभित्र रहेको डेरा घरमा प्रदर्शनकारी भेला भएर नाराबाजी गर्दै आगो लगाएका हुन्।
डा.भट्टराईले जेनजी पुस्ताको जारी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।
प्रकाशित: २४ भदौ २०८२ १५:२०
प्रतिक्रिया