
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसदले राजीनामा दिएका छन्। रास्वपाका प्रवक्ता मनीष झाका अनुसार पार्टी सचिवालयले दिएको निर्देशन संसदीय दलको कार्यालयले एकमत मानेर राजीनामा घोषणा गरेका हुन्। रास्वपाका २० सांसद छन्। रास्वपा वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुगेको छ।
रास्वपाले आगामी निकासका लागि शीघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गरको छ। यसैगरी देशको मुख्य सम्पति जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणका साथ सामूहिक राजीनामा दिने सचिवालयको प्रस्तावमा संसदीय दल एकमत रहेको मंगलबार बसेको बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले वर्तमान राजनीतिक संकट समाधानका लागि ५ वटा प्रस्ताव अघि सारेको छ। प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने रास्वपाको पहिलो प्रस्ताव छ। यसैगरी सोमबार भएको घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने रास्वपाको अर्को प्रस्ताव छ भने रास्वापाले सर्वपक्षीय नागरिक सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।
यसैगरी प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न रास्वपाले माग गरेको छ। रास्वपाले संविधान संशोधन प्रक्रिया आरम्भ गर्न माग गरेको छ।
यी हुन् २० सांसद
२. डोलप्रसाद अर्याल, संसदीय दलको पूर्वनेता
३. डा. स्वर्णिम वाग्ले, सदस्य
४. विराजभक्त श्रेष्ठ, संसदीय दलको उपनेता
५. सन्तोष परियार, प्रमुख सचेतक
६. निशा डाँगी, सचेतक
७. मनिष झा, कोषाध्यक्ष
८. सुमना श्रेष्ठ, सदस्य
९. गणेश पराजुली, सदस्य
१०. सोबिता गौतम, सदस्य
११. डा. तोसिमा कार्की, सदस्य
१२. शिशिर खनाल, सदस्य
१३. हरि ढकाल, सदस्य
१४. प्रा.डा. चन्दा कार्की भण्डारी, सदस्य
१५. असिम शाह, सदस्य
१६. लक्ष्मी तिवारी, सदस्य
१७. अशोक कुमार चौधरी, सदस्य
१८. शिव नेपाली, सदस्य
१९. बिनिता कठायत, सदस्य
२०. विन्दवासिनी कांसकार, सदस्य