
पोखरा- पोखरामा नेपाल प्रहरीले जेनजी प्रदर्शनकारीमाथि गोली चलाएको छ। गोलीबाट एक जना प्रदर्शनकारी घाइते भएका छन्।
उनलाई उपचारार्थ अस्पताल लगिएको छ। जेनजीको प्रदर्शनको क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको हो।
पोखरा महानगरपालिका कार्यालय नजिकै न्यूराड पुगेका प्रदर्शनकारीसँग प्रहरीको मुठभेड भएको हो।
सो क्रममा केही प्रदर्शनकारी पनि घाइते भएका छन्।
प्रकाशित: २४ भदौ २०८२ १३:५१
प्रतिक्रिया