सुरक्षा प्रमुखहरूले राजीनामा गर्न दिएको सुझाव ओलीले गरे अस्वीकार

हिमाल प्रेस २४ भदौ २०८२ १३:४७
2.1k
SHARES
सुरक्षा प्रमुखहरूले राजीनामा गर्न दिएको सुझाव ओलीले गरे अस्वीकार एमाले अध्यक्ष केपी शर्मा ओली।

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुरक्षा निकायका प्रमुखहरुले राजीनामा दिएर सबैलाई सम्बोधन गर्न गरेको आग्रह अस्वीकार गरेका छन्। प्रधानमन्त्रीलाई मंगलबार अपरान्ह प्रधानसेनापति अशोकराज सिग्देलले त्यस्तो आग्रह गरेका थिए। उनका साथमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापास थिए।

सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी दिने क्रममा सुझाव स्वरुप उक्त धारणा ब्यक्त गरेपनि उनले अस्विकार गरेका हुन। प्रधानमन्त्रीले जे जस्तो परिस्थिती आए पनि सामना गर्ने भन्दै राजीनामा नदिने जानकारी दिएका थिए। ‘तपाईहरु दरिएर सरकारको निर्देशन अनुरुप काम गर्नुहोस म राजीनामा दिन्न,’ उनलाई उद्धृत गर्दै एक सहभागीले भने,‘यो आन्दोलन किन भएको मैले बुझेको छु। तपाईहरुलाई थाहा नै छैन।’

आन्दोलन जे जुन कारणले भए पनि मुलुकमा कलेजबाट फर्कदै गरेका युवाहरुलाई हत्या गर्न त भएन नि भन्दे यसम सचेत हुन पनि सुरक्षा निकायका प्रमुखहरुले जानकारी दिए। सुरुक्षा निकायका प्रमुखहरुले सकभर नेताहरुलाई बचाउने तर आम नागरिकलाई हत्या नै गर्ने अवस्थामा आफूहरु नपुग्ने समेत जानकारी प्रधानमन्त्रीलाई दिएका छन्।

प्रधानसेनापति सिग्देल लगायत सुरक्षा प्रमुखहरुले सिंहदरबारमा ओलीलाई भेटी परिस्थिती बिग्रँदै गएकोबारे जानकारी दिएका थिए। तर ओलीले उल्टै उनीहरुलाई नै सुरक्षाबो बारेमा पढाउन थालेपछि उनीहरु त्यहाँबाट निस्केका हुन। अहिले नेपाली सेनाले भैसेपाटी स्थित मन्त्री क्वाटरबाट नेता र उनका परिवारलाई ब्यारेक ब्यारेकमा लगेर सुरक्षा दिएका छन्।

त्यहाँ ठूलो संख्यामा नेपाली नागरिकको उपस्थिती देखिए पछि उनीहरुले हेलिक्पटरबाट त्यहाँबाट सारेका हुन।

प्रकाशित: २४ भदौ २०८२ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast