
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले जेनजी पुस्ताको आन्दोलनमाथिको दमन र १९ जना युवाको हत्याप्रति दुःख व्यक्त गर्दै आफ्नै पार्टीका सांसदहरूलाई राजीनामा बुझाएर जनताको पक्षमा उभिन आह्वान गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल गर्दै चौधरीले भनेका छन्,‘स्थिति नबिग्रियोस् र परिस्थितिको सुधार होस् भन्ने चाहना राख्छु। त्यसका लागि पार्टीका माननीयज्यूहरूले राजीनामा बुझाएर आउनु उचित हुनेछ।’
उनले सोमबार भएको राज्यद्वारा गरिएको निर्मम दमनको स्मरण गर्दै सहिद परिवारप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। जेनजी आन्दोलन देशभर जारी छ।
प्रकाशित: २४ भदौ २०८२ १३:३५
प्रतिक्रिया