जनकपुरमा अनिश्चितकालीन कर्फ्यु

हिमाल प्रेस २४ भदौ २०८२ १३:४०
6
SHARES
जनकपुरमा अनिश्चितकालीन कर्फ्यु

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

जेनजी प्रदर्शन स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालयले जनकपुरधाममा कर्फ्यु आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले मंगलबार दिउँसो ३ बजेदेखि अर्को सूचना नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयका अनुसार मधेश भवनको उत्तरमा पर्ने मुसहरी टोल चोक वडा नम्बर १३ को भागदेखि दक्षिण क्षेत्र, मधेश भवनको उत्तर–पश्चिम क्षेत्र मुजेलिया हाईवे सडक बाबा पेट्रोलपम्मदेखि दक्षिण हुँदै लादोको दुधमती पुलसम्म कर्फ्यु लगाइएको छ।

त्यस्तै पूर्वमा घाँसेमैदान चरण क्षेत्रको पश्चिम तथा कदमचोकको पूर्व पर्ने जलाद पुलबाट पश्चिमतर्फ कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

दक्षिणमा हनुमान नगरको सिक्स लेन चोकदेखि उत्तरतर्फ र ढल्केबर–भिठ्ठामोड हाइवेको जनकपुर क्षेत्रभि कर्फ्यु आदेश जारी भएको जनाइएको छ।

प्रकाशित: २४ भदौ २०८२ १३:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast