जेनजी आन्दोलनमाथि दमनको विरोधमा गण्डकीका ऊर्जामन्त्री फणीन्द्र देवकोटाले दिए राजीनामा

हिमाल प्रेस २४ भदौ २०८२ १३:००
54
SHARES
जेनजी आन्दोलनमाथि दमनको विरोधमा गण्डकीका ऊर्जामन्त्री फणीन्द्र देवकोटाले दिए राजीनामा

पोखरा- जेनजी आन्दोलनमाथि भएको सरकारी दमनप्रति असहमति जनाउँदै गण्डकी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाले पदबाट राजीनामा दिएका छन्।

नेकपा समाजवादी (नेसपा नयाँ शक्ति) का तर्फबाट मन्त्री बनेका देवकोटाले आज सार्वजनिक वक्तव्य जारी गर्दै पदबाट राजीनामा दिएका हुन्। ‘लोकतन्त्रमा जनताको आवाज बन्दुक र बलप्रयोगबाट दबाउनु अस्वीकार्य हो’ उनीद्वारा जारी वक्तव्यमा उल्लेख छ।

देवकोटाले भदौ २३ गतेको घटनालाई ‘निर्मम दमन’ भन्दै कडा शब्दमा भर्त्सना गरेका छन्। उनका अनुसार १९ जना युवाको ज्यान गएको र सयौं घाइते भएको घटनाले म अति मर्माहत छु।

वक्तव्यमा उनले अगाडि लेखेका छन्, ‘सहिद युवालाई उच्च सम्मानसहित श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

प्रकाशित: २४ भदौ २०८२ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast