
काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाको कैलालीको धनगढीस्थित घरमा आगजानी भएको छ। प्रदर्शनकारीहरूले राणाको घरमा मंगलबार बिहान आगजानी गरेका हुन्।
जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागि प्रदर्शनकारीहरूको मृत्यु भएपछि देशभर आन्दोलन चर्किएको छ।
प्रदर्शनकारीको निशानामा सत्ताधारी दलका नेताहरूको निवास पर्न थालेका छन्।
प्रकाशित: २४ भदौ २०८२ १२:०६
प्रतिक्रिया