विद्या भण्डारीको आग्रह : जेनजीका जायज माग पूरा गरौँ, वार्तामार्फत समाधान खोजौँ

हिमाल प्रेस २४ भदौ २०८२ १२:०१
16
SHARES
विद्या भण्डारीको आग्रह : जेनजीका जायज माग पूरा गरौँ, वार्तामार्फत समाधान खोजौँ

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘जेनजी’का जायज माग पूरा गर्न सरकारसमक्ष आग्रह गरेकी छन्। उनले एक विज्ञप्तिमार्फत नवपुस्ताको भावना र मर्मलाई गम्भीरतापूर्वक आत्मसात गर्न आवश्यक रहेको बताएकी छन्।

उनले युवा पुस्ताको प्रदर्शनको क्रममा गोलीबाट युवा विद्यार्थीहरूको निधन भएको घटनाबाट आफू मर्माहत भएको बताएकी छ्न्। सरकार, राजनीतिक दलहरू तथा सम्बन्धित सरोकारवालाहरूलाई आन्दोलनरत युवाले अघि सारेका जायज मागप्रति संवेदनशील भई यथाशीघ्र वार्ता र संवादमार्फत समस्याको दिगो समाधान खोज्न उनको आग्रह छ ।

प्रकाशित: २४ भदौ २०८२ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast