करिश्मा मानन्धरले छोडिन् एमाले

हिमाल प्रेस २४ भदौ २०८२ ११:१४
38
SHARES
करिश्मा मानन्धरले छोडिन् एमाले

काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धरले एमाले पार्टी छोडेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमाले त्यागेको घोषणा गरेकी हुन्।

उनले आफू जनताकै कलाकार बनिरहन चाहेको भन्दै एमाले छोडेको बताएकी छन्। ‘अहिलेसम्म कुनै राजनीतिक संस्थामा मेरो संलग्नता यी सबै मूल्य र प्राथमिकताको हितमा मात्र थियो। तर आजदेखि म कुनै राजनीतिक दल वा संगठनसँग आबद्ध नभएको कुरा स्पष्ट पार्न चाहन्छु,’ उनले लेखेकी छन्, ‘म जनताकै कलाकार थिएँ । जनताकै आवाज थिएँ । आगामी दिनमा पनि त्यही रुपमा रहिरहन चाहन्छु ।’

करिश्मा केही वर्षअघि एमाले पार्टीमा प्रवेश गरेकी थिइन्।

प्रकाशित: २४ भदौ २०८२ ११:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast